बाँके चैत १० गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ धम्वोजी शिव मनिदर नजिकैबाट भन्सार छलिको अवैध सामान प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले साढे एक लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।
जुस, पाउडर, आइसक्रिम, डार्क चोखो पेष्ट, प्लाष्टिकको प्याकेट लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । एक लाख ५३ हजार मुल्यको उक्त सामाग्री थप कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको छ ।
Discussion about this post