बाँके चैत २० गते ।
एसइई प्रश्नपत्र आउट गर्ने चारजनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । सूचना प्रविधिको दुरुपयोग गरेर प्रश्नपत्र आउट गर्ने चार जनालाई पक्राउ गरिएको प्रहरीले स्रोतले जनाएको छ ।
प्रश्नपत्र आउट गरी उत्तर तयार गरी अनलाइन मार्फत परीक्षा केन्द्रमा पठाउने नेटवर्क ध्वस्त भएको बाँकेका सिडियो श्रवण कुमार पोख्रेलले बताए । उनले विस्तृत विवरण भने बताएनन् । पक्राउ परेका चार जनालाई बाँके प्रहरीको हिरासतमा राखिएको छ ।
Discussion about this post