बाँके चैत २१ गते ।
नेपालगञ्ज कारागारमा एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ ।
नेपालगञ्ज–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।
बुधबार बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पताल नेपालगञ्जमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जेलर शाहले बताए ।
मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ ।
गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।
Discussion about this post