बाँके बैशाख ४ गते ।
बाँके प्रहरीले भन्सार छलिको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले नेपालगन्ज उपमहानगरपालिका १५ र १६ बाट भारतबाट अवैध रुपमा भन्सार छलि भित्र्याइएको विभिन्न प्रकारका अवैध सामान बरामद गरेको जनाएको छ ।
प्रहरीले लेडिजसुट, टायल, कार्पेट, कस्मेटिक लगायतका करिद दुई लाख १० हजार मूल्यको अवैध सामान बरामद गरेको जनाएको छ । यसैगरी अवैध सामान भित्र्याउने सवारी साधन र मानिसलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
Discussion about this post