बाँके बैशाख ४ गते ।
यूएसडिटी (क्रिप्टो करेन्सी) मार्फत गैर कानूनी कारोबार गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १८ भाटभटेनी नजिक केही ब्यक्तिले गैर कानूनी रुपमा विदेशी मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा नेपालगन्ज उपमहानगरपालिका २० का अमृत वर्मा र जानकी गाउँपालिका १ का रियाज खाँलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
‘वर्मा र खाँले विनान्स/विटगेट मार्फत यूएसडिटी (क्रिप्टो करेन्सी) को अबैध कारोबार गरि सो बापत दैनिक अन्दाजी एक करोड रुपैयाँसम्मको अबैध कारोबार गरेको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी डाँगीले भने, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको छ । बाँकी कुरा अनुसन्धानबाट खुल्नेछ ।’
उनले थप अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए ।
Discussion about this post