लुम्बिनी बैशाख ५ गते ।
लुम्बिनी प्रदेशसभाका सभापति चयनका लागि आज बुधवार निर्वाचनको हुँदैछ । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै आजका लागि निर्वाचन मिति घोाषणा गरेको हो । सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ ।
लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबिच भागबन्डा मिलेलगत्तै निर्वाचन मिति तोकेको हो । जारी सूचनामा आज बिहान मनोनयन दर्ता हुने जनाइएको छ भने सोही दिन निर्वाचन हुने जनाइएको छ ।
लुम्बिनी प्रदेशमा अर्थ उद्योग तथा पर्यटन, सार्वजनिक लेखा, सामाजिक विकास, भौतिक पूर्वधार विकास, प्रदेश मामिला तथा कानुन, कृषि वन तथा वातावरण लगायतका समिति रहेका छन् । ती समितिको सभापति चयनको लागि सत्ता पक्ष र प्रतिपक्षबिच सहमति भएको छ । एमालेले तीन, माओवादीले दुई र नेपाली कांग्रेसले २ वटा सभापति पाउने सहमति भएको छ ।
Discussion about this post