बाँके बैशाख ५ गते ।
नेपालबाट भारतमा चुरोटको तस्करी हुने गरेको खुलेको छ । जमुनाहबाट प्रहरीले ठूलो परिमाणमा चुरोट बरामद गरेसँगै भारतमा चुरोट तस्करी भइरहेको रहस्य खुलेको हो ।
अवैधरुपमा नेपालबाट भारतर्फ तस्करले लुकीछिपी लैजाँदै गरेको अवस्थामा एक हजार दुई सय ८० प्याकेट खुकुरी चुरोट प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित बरामद गरिएको चुरोट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको रहेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई रविन्द्र बमको कमाण्डमा खटिएकोे प्रहरी टोलिले फेला पारी ढुवानीमा संलग्न तीनजना व्यक्तिसहित आवश्यक कारवाहीका लागी भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानएको छ ।
Discussion about this post