बाँके कार्तिक १२ गते । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेर मनाइएको छ ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाएको हो ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई उपाहार सहित टीका लगाउने गरिन्छ ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
मुस्लिम समुदायबाट हिन्दु धर्मावलम्बीहरुको चाडपर्व मनाउने यो चलन सायद विश्वमा कमै होला, तर हाम्रो बाँके जिल्लामा रहनु भएका नेतृव गर्ने राजनैतिक तथा सामाजिक सेवामा समर्पित ब्यक्तित्व हरु जसले बाँके जिल्ला बासीलाई मात्र नभई मुस्लिम, हिन्दु लगायत समुदायका ब्यक्ती हरुलाई सबै धर्म प्रतिको मुल्य मान्यता र उद्देश्य एउटै हो, भन्ने सन्देश दिएको नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) ले जानकारी दिए । जसले धार्मिक सहिष्णुता को देश भनेर चिनाउने प्रमुख भुमिका खेलेको समेत बताए।
धर्म फरक भएपनि नेपालगञ्जका हिन्दू र मुस्लिमले हरेक चाडपर्वमा शुभकामना साटासाट गरेर मनाउने गरेका छन्।मुस्लिमहरूको ईद पर्वमा हिन्दुहरू सहभागी हुन्छन् र केहीले त रोजा पनि बस्ने गरेका छन्। मुस्लिमहरूले दसैँमा टीका र जमरा ग्रहण गर्नुका साथै तिहारमा पनि भाइटिका लगाउँदै आएका छन्।
मुस्लिम सङ्घ बाँकेका अध्यक्ष समेत रहेका मन्सुरी भन्छन्- प्रत्येक वर्ष साथीको घरमा गएर बुवाआमाको हातबाट टीका लगाएर आशीर्वाद लिन्छु र साना भाइबहिनीलाई टीका लगाएर दक्षिणा दिने गर्छु। तिहारमा भाइटिका लगाउँछु।दसैँमा मासुका परिकार पनि खाने तर आफ्नो धर्म अनुसार हलाल गरेको मासु मात्रै खाने मन्सुरी बताउँछन्। मन्सुरी बाँकेमा सामाजिक कार्यमा नमुना व्यक्ति को रुपमा स्थापित रहेका छन् ।
Discussion about this post