बाँके बैशाख १२ गते ।
नेपालगन्जमा बुधबार एक जना पुरुषको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित खजुरा सडकखण्डको नालीमा टाउको तथा खुट्टाको भाग पानीमा डुबेको शरीर बाहिर निस्किएको अवस्थामा शव भेटिएको हो ।
नालीमा घोप्टे परेको अवस्थामा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।उनका अनुसार ती मृतक पुरुषको पहिचान हुन सकेको छैन । उनी करिब ४०/४२ वर्षका र कलसाउरा वर्ण भएको उनको भनाइ छ ।
नालीमा डुबिरहेको अवस्थामा शव फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी डाँगीले बताए ।
शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Discussion about this post