बाँके बैशाख १९ गते ।
बाँके प्रहरीले अवैध भन्सार छलीको मोबाईल डिस्प्ले बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ वसपार्कबाट करिव ८ लाख मुल्य बराबरको मोबाईल डिस्प्ले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले चार सय पीस मोबाईले डिस्प्ले बरामद गरेको हो ।
भारतबाट भन्सार छलीको अवैध सामान भित्रिएको सूचनाको आधारमा प्रहरीले निगरानी गरेको थियो । बरामद गरिएको मोबाईल डिस्प्ले थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post