काठमाडौं बैशाख २५ गते ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ । मङ्गलवार सूचना जारी गर्दै आयोगले जनता समाजवादी पार्टी, नेपाल टुक्रिएर गठन भएको नयाँ पार्टी जनता समाजवादी पार्टीको गठन प्रक्रियाका लागि सांसद र जनप्रतिनिधिहरूको सनाखत गर्न सुरु गरेको हो
जनप्रतिनिधिहरूले जेठ १३ गतेभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि स्वयं उपस्थित हुनपर्नेछ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१।०१।२४ गते निर्णय गरी सनाखतको काम अघि बढाएको थियो ।
Discussion about this post