बर्दिया जेठ १४ गते ।
समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीसहितको प्राविधिक टोली खटिएको छ । समस्याग्रस्त बाघको खोजीका लागि क्यामेरा ट्रयाप राखिएको छ ।
क्यामेरा ट्र्यापमा समस्याग्रस्त बाघ देखिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण बिडारीले बताए । त्यस ठाउँमा एउटा बदेल समेत बाघले मारेको देखिएको छ । बिहीबार दिउँसो बर्दिया बासगढी नगरपालिका–४ जनचेतना सामूदायिक वन बठुवामा बाघको आक्रमणमा बाँके बैजनाथ गाउपालिका–८ हस्नापुरकी मनिषा रोकायाको मृत्यु भएको थियो ।
रोकाया संगै उनकी दिदी बासगढी नपा–४ बठुवाका कैलाशपति थारु संगै जादै गर्दा बाघले आक्रमण गरेको थियो । रोकाया पिशाव फेर्न जाँदा बाघले आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ ।
निकुञ्जका कर्मचारी, तीन वटा हात्ती, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्राविधिक टोलीसहित वनका कर्मचारी परिचालन भएको संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले बताए । खोजी कार्य जारी भएकोले समस्याग्रस्त बाघलाई नियंत्रणमा लिने प्रयास भइरहेको उनले जानकारी दिए ।
Discussion about this post