
सुनकोसी कार्तिक १७ गते । दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। दुर्घटनामा १० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्। मृतकको सनाखत हुन भने बाँकी छ।
आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बसमा ३४ जना यात्रु सवार थिए।
Discussion about this post