
बाँके कार्तिक १८ गते । अघील्लो साता मात्र राप्तिसोनारी ४ धामपुर सबस्टेशनमा बत्ति बालेर गएका बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले बाँकेको बिद्युतिकरणका बारेमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री बर्षमान पुन सँग यथासीघ्र बाकेको विद्युतीकरण लाइ सम्पन्न गर्न माग गरेकाछन । यहि महिनाको गत १५ गते मात्र मन्त्री सँग भेटगरि बाकेको बिधुतीकरणको अवस्थाका बारेमा जानकारी गराएका साँसद अथकले आज नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय कार्यालय गइ कार्यकारी निर्देशक कुलमान घीसिङ लाइ पनि बाँके राप्तीपारी बगौढा क्षेत्रको विद्युतीकरण यथासीघ्र सम्पन्न गर्न माग गरेकाछन । बाँके राप्तीपारीको विधुतकरण पहिला ठेकादारको लापरवाहीका कारण ढीला भएको र अहिले फेरी सामुदायिक ग्रामिण विद्युतीकरणका कारण ढीला हुने अवस्था रहेको भन्दै यथा सक्य चाडो समस्याको गाँठो फुकाइ समाधान गर्नुपर्ने माग गरेको साँसद अथकले जानकारी गराए । साथै उनले ग्रामीण बिधुतिकरणका सहायक निर्देशक हर राज न्यौपाने लाइ समेत यहाको सामुदायिक विद्युतको अवस्थाका बारेमा जानकारी गराएको बताए । यस बिषय लाइ आफुहरुले महत्तवका साथ हेरेको छिट्टै समस्याको सामाधान गर्ने आस्वासन कार्यकारी निर्देशक कुलमान घिसिङले बाताएको साँसद अथकले जानकारि दिएकाछन । बाँकेको विद्युतीकरण र सिक्टा सिचाइको अनुगमन गर्न मन्त्री बर्षमान पुन यही १९ गते बाँके आउने समेत साँसद अथकले जनाएकाछन ।









Discussion about this post