दैलेख जेठ ३१ गते ।
दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका–२ मा एक दशकअघि चालिसभन्दा बढी घरपरिवार बस्थे । अहिले त्यहाँ सात घरपरिवार मात्र बस्ने गरेका छन् ।
सुविधासम्पन्न तथा रोजगारीका अवसर मिल्ने ठाउँमा बसाइँसराइ सर्ने क्रमसँगै यस्तो अवस्था देखिएको हो । भगवतीमाई गाउँपालिका–२ का खड्क शर्माले भने, “हाम्रो वडाभरिका अधिकांश गाउँका घर खाली भइसकेका छन् । पहाडमा त कोही बस्न मान्दैनन् सबैको आँखा तराईतिर छ । पुराना घर जीर्ण छन् भने खेतबारी बाँझै छन् ।” उनका अनुसार गाउँका केही मानिस तराई झरेका थिए तर अहिले त सबै आफन्त तराई सरेपछि गाउँ रित्तो भएको छ ।
पहाडमा बस्नेको सुखदुःखमा साथ दिने मानिस पनि छैनन् । भगवतीमाई गाउँपालिका–२ का मात्र होइन, पालिकाका अधिकांश बस्ती बसाइँ सर्ने क्रम पछिल्ला दिनमा झन् बढ्दै गएको छ । पहाडी क्षेत्रमा उब्जाउ कम हुने र रोजगारीका अवसर पनि नहुने भएकाले तराई झर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
Discussion about this post