
विष्णु अधिकारी बर्दिया कार्तिक १८ गते । बर्दिया राष्ट्रिय निकुञ्ज हात्तिसारबाट हात्ति चराउन गएका माउतेलाई पाटे बाघले आक्रमण गरेको छ । हात्ति चराउन गएका २ जना मध्ये १ जना माउतेलाई बर्दिया राष्ट्रिय निकुञ्जको गैडा मचानबाट पाटे बाघले आक्रमण गरी जंगल तर्फ लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । ठाकुरबाबा नगरपालिका वडा नं.–७ मोहनपुर बस्ने वर्ष ४२ का मंगरे थारु बाघको आक्रमणमा परी वेपत्ता भएका छन् । उनको तिव्र रुपमा खोजी कार्य भैरहेको प्रकृती संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताएका छन् । यस अघि पनि बर्दियामा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भैसकेको छ ।
Discussion about this post