बाँके, कार्तिक १९ गते ।
जानकी गाउँपालिकाको छैटौ विशेष गाउँ सभाले गाउँपालिकाको केन्द्र मानपुरमा स्थापना गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको छ ।
मंगलबार संचालित रहेको कार्यक्रममा सभाले केन्द्रलाई मानपुरमा गर्ने निर्णय गरेको हो । गाउँपालिका क्षेत्र सबै कुरामा पाएक र ब्यवस्थापनमा उचित पर्ने स्थान भएको र सुरक्षाका हिसावले पनि उपयुक्त रहेकोले त्यस स्थानमा गाउँपालिकाको कार्यालय स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनु भेएको हो ।
अध्यक्ष यादवले गाउँपालिकाको केन्द्र स्थापनाका लागि राखेको प्रस्तावमा सभाका सबै सदस्यले सर्व सम्मत रुपमा पास गरे पछी थप पारित प्रस्ताव प्रदेश नं. ५ सरकार समक्ष पठाउने समेत निर्णय गरिएको छ ।
Discussion about this post