बाँके असार ८ गते ।
प्रहरीले भारतबाट अवैध भन्सार छलीको सामान नेपालगञ्जबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भित्रीदै गरेको ठुलो परिमाणको इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा प्रहरीे टोलीले नेपालगञ्ज–२२ कान्तिताल स्थानबाट अवैध भन्सार छलीको मोबाइलको टेम्पर्ड ग्लास र एसी बरामद गरेको हो ।
बरामदी सामानको अन्दाजी मुल्य १२,८१,०००।– बराबर रहेकोे प्रहरीले जनाएको छ ।
उक्त सम्बन्धमा थप अनुसन्धान पनि भइरहेको छ ।
Discussion about this post