
बाँके कार्तिक २० गते । बाँकेको जानकी गाउँपालिकामा एक जनाको शब फेला परेको छ। बुधबार बिहान जानकी गाउँपालिका ३ स्थित खजुरा रोड चप्पल फेक्ट्ररी नजिकै सुर्खेत जिल्ला सिम्ता घर भएका ५२ बर्षका सत्यन्द्र बिसिको शब फेला परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर वलीले बताए। हत्या वा दुर्घटनाबाट बिसीको मृत्यु भएको त्यो कुरा पोस्टमार्तम बाट पत्ता लाग्ने प्रहरी उपरीक्षक वलीले बताए। अहिले प्रहरीले जानकी गाउँपालिका वडा नम्बर ३ का अध्यक्षको रोबहरमा मुचुल्का उठाएर शबलाई पोस्टमार्तमका लागि पठाइदै गरेको वलीले बताए।मृतकका परिवारलाई जिल्ला प्रहरीले खबर गरेर जानकारी गराइसकेको छ। मृतक हाल धम्बोझीमा बस्दै आइरहेको प्रहरीले जानकारी दिएको छ।
Discussion about this post