बाँके असार १० गते ।
लागूऔषध ब्राउनसुगरसहित कोहलपुरबाट एक जना पक्राउ परेका छन ।
कोहलपुर नगरपालिका–६ फरेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २१ वर्षीय अनिल कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले कार्कीलाई पक्राउ गरेको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post