
विष्णु अधिकारी बर्दिया, कार्तिक २० गते । हुलाकी सडक विस्तार गर्ने क्रममा बनेका पुराना संरचना हटाउने क्रममा घर भत्कदा एक जनाको मृत्यु र २ जना गम्भिर घाइते भएका छन् । बर्दियाको गुलरिया बजार अन्तर्गत वडा नं. ५ मा रहेको दुर्गा गेष्ट हाउस भत्काउने क्रममा घर मालिक ६५ बर्षिय भवी प्रसाद पौडेलको घटनास्थलमै मृत्यु भएको छ । घर भत्काउदै गरेका कामदार बढैयाताल गाउँपालिका–९, शक्तिनगरका मनक्रम थारु र सोही स्थानका नवराज चौधरी गम्भिर घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको बर्दिया प्रहरीले जनाएको छ । एबm घरको छत काटी र भित्रबाट नयाँ संरचना बनाउदै गर्दा अगाडीको भाग भत्कदा घर मालिकको च्यापियर मृत्यु भएको प्रत्यक्षदर्शी दिनेश प्रसाद यादवले बताए ।
Discussion about this post