दाङ असार १५ गते ।
दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएकी राजपुर गाउँपालिका–२ की ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको हो।
शुक्रवार साँझ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका वरिष्ठ प्रहरी निरीक्षक उज्ज्वल शाहले जानकारी दिए।
मृतक भुमिसराको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Discussion about this post