दाङ असार २२ गते ।
दाङको लमहीको वडा नंं. ७ हस्नापुरमा राप्ती नदीमा आएको बाढीले एक जनालाई बेपत्ता बनाएको छ । सोही बाढीमा फसेका अन्य दुई जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
आज बिहान लमहीमा दुध बिक्री गर्न गएका राजपुर गाउँपालिका–२ का १८ वर्षीय राजकुमार यादवलाई घर फर्किने क्रममा राप्ती नदीको बाढीले बेपत्ता बनाएको दाङ प्रहरीले जनाएकोे छ ।
तीनै जना सँँगै दूध बिक्री गरेर फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरी नंं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट गएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल नंं. ५ विन्धावासिनी बाहिनीका डिआइजी अभि खत्रीले जानकारी दिए ।
सशस्त्र प्रहरीको टोलीले राजपुर–२ कै ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई उद्धार गरेको डिआइजी खत्रीले बताए । तर, सशस्त्र प्रहरी पुग्नु अघि नै यादव बेपत्ता भइसकेका थिए ।
Discussion about this post