कपिलवस्तु असार २७ गते ।
५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post