
काठमाडौँ कार्तिक २१ गते । नेपालको लिपुलेक र कालापानीलाई कब्जा गरेर भारतले जबरजस्ती नेपाली भूमि मिचेर आफ्नो नक्सामा पारेपछि नेपाली युवाहरुले सीमा क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।
नेपालको पश्चिम सिमान तर्फको दार्चुला जिल्लााको कालापानी र लिपुलेकमा जम्मा ३७३ वर्ग किलोमिटर भु भाग भारतले आफ्नो नयाँ नक्सामा राखेपछि बिहीबार बिहान स्वतन्त्र युवाहरु विराटनगर रानीस्थित नेपाल भारतको सीमा क्षेत्रमा प्रर्दशन गरेका हुन् ।
राष्ट्रिय झण्डा लिएर पहाडी, मधेशी, मुस्लिम सबै समुदायका युवाहरु हडपेको भूमी फिर्ता गर्न माग गर्दै प्रर्दशनमा उत्रिएका छन् ।
भारतले कब्जा गरेको आफ्नो भूमि फिर्ता नगरे मातृभूमिको रक्षाको लागि जस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताएका छन् । भारतीय बिस्तारबादी नीतिको बिरोध गर्दै नेपाल भुभाग तुरुन्त फिर्ता गर्न माग गरेका छन् ।
Discussion about this post