बाँके असार २८ गते ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–२ डायमण्ड होटेल नजिक सडकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ३ सय ७० मिलिग्राम सहित दुई जनालाई बिहीबार पक्राउ गरेकोे हो ।
प्रहरीका अनुसार पक्राउ परेका उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय समसुद्दिन हलुवाई र उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय टिकाराम सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले गोप्य सुचनाको अधारमा भे.१ ह ५७७५ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक हलुवाई र अटोमा सवार सुनारलाई पक्राउ गरेको हो ।
लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post