लुम्बिनी असार ३१ गते ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई विधेयक प्रमाणीकरण गरेका छन्।
लुम्बिनी प्रदेश सरकारको अर्थसम्बन्धी विधेयक र आर्थिक वर्ष २०८१/२०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित विधेयकहरू संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
Discussion about this post