बाँके साउन २ गते ।
आफूलाई नेपाल प्रहरीको सिआइबीको डिएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका–५ बस्ने ३० वर्षिय नैन सिंह बिकलाई कोहलपुर नगरपालिका–११ एनटिभी रोडबाट मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेका बिकले विगत ३ महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सिआइबी प्रहरीको र राष्ट्रिय अनुसन्धानको डिएसपी नविन शाही हुँ भनी अनुगमनको शिलसिलामा आएको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भए पश्चात निजको खोजतलास सुरु गरेको थियो ।
बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार पक्राउ परेका बिकले बिगत ३ महिनादेखि ठगीगर्दै आएको सूचना प्राप्त भएदेखि नै खोजी गर्दै आएका थियो । पक्राउ परेका बिकउपर ठगी मुद्दामा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक सूचना जारी गर्दै ‘निजले अन्यत्र स्थानहरुमा गई आफु डिएसपी हुँ भनि ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न हुन अनुरेध गरीन्छ’ भनिएको छ ।
Discussion about this post