बाँके साउन ५ गते ।
बाँकेमा गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय बाँकेले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको होे ।
बाँकेका विभिन्न जङ्गलबाट एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए ।
उनका अनुसार डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९/८० भन्दा आव २०८०/८१मा ५७ बढी वन्यजन्तुको उद्धार गरेको छ । आव २०७९/८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो ।
यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वन्यजन्तुको उद्धार गरिएको सूचना अधिकारी रोकाले बताए । गत आवमा वन्यजन्तुबाट भेडाबाख्रा ६९, गाईगोरु–भैँसी नौ, बङ्गुर सात, माछा दुई हजार, हाँस १२ र कुखुरा १० क्षति पुगेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
Discussion about this post