
बाँके कार्तिक २१ गते । नेपालगञ्ज जमुनाहा नाकाबाट प्रहरी ले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार बेलुका ७ बजे भारतका जिल्ला बहराईच रुपैडिहा बस्ने २२ वर्षीय रोशन अन्सारी र नेपालगञ्ज उपमहानगरपालिका ९ बस्ने २६ वर्षीय राजु खटिकलाई प्रहरी ले पक्राउ गरेको हो ।
लागु औषधको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा नेपाल ल्याउने क्रममा अन्सारीलाई चेक जाँच गर्दा उनको साथ बाटा २० ग्राम ब्राउन सुगर समेत फेला पारेको प्रहरी ले जनाएको छ ।
उनको भनाईको आधारबाट भारतबाट आफुले नेपाल अर्को व्यक्ति लाई सप्लाई गर्ने गरेको, उनको मोबाइल बाट नेपालगञ्ज बस्ने खटिक ले ब्राउन सुगर मागे पछि उनिलाइ पनि भेरी हस्पिटल नजिकै बाट पक्राउ गरेको जमुनाहा प्रहरी इन्चार्ज माधव रिजालले बताए ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरी इन्चार्ज रिजाल ले जानकारी दिए ।
Discussion about this post