बाँके साउन ९ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा वडा प्रहरी कार्यालयलाई उत्कृष्ट घोषणा गर्दै सम्मानित गरेको छ । वडा प्रहरी कार्यालयले गरेको कार्य सम्पादनमा असार महिनाको उत्कृष्ट बनेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले बताए ।
बाँके प्रहरीले आफ्ना मातहतका कार्यालयहरुलाई कार्य सम्पादनको आधारमा महिना महिनामा पुरष्कृत गर्दै आएको छ । आफ्नो मातहतमा शान्ति सुरक्षा कायम गरेको, सामाजिक कार्य प्रभावकारी रुपमा गरेको लगायतका कारण वडा प्रहरी कार्यालय उत्कृष्ट बनेको हो ।
प्रहरी नायब महानिरीक्षक(डिआइजी) कुबेर कडायत र बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विसीलाई सम्मान पत्र प्रदान गरेका थिए । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कडायत अनुगमनका क्रममा नेपालगन्ज आएको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।
प्रहरी निरीक्षक विसीको कमाण्डमा रहेको वडा प्रहरीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्दै आएको छ । प्रहरी व्यवसायीक, इमान्दार, सक्षम र सकारात्मक भई जनताको सेवामा अहोरात्र खटिई कामकारबाही गर्नु आफ्नो दायित्व रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विसीले बताए ।
Discussion about this post