बाँके साउन १३ गते ।
नेपालगन्ज जमुनाह नाकाबाट एकजना युवक अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१ बस्ने २४ वर्षीय गणेश नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीमाथि सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post