झापा साउन १५ गते ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका–७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Discussion about this post