बाँके साउन १६ गते ।
पश्चिम नेपालको केन्द्र बाँके जिल्लामा ट्राफिक नियम उल्लंंघन गर्ने क्रम विगतको तुलनामा उल्लेख्य मात्रामा घटेको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०८०–८१ मा ट्राफिक नियम उल्लंंघन गर्ने ३३ हजार बढी सवारी साधनलाई कारबाही गरेको तथ्याङ्क सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ४३ हजार ८४० वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।
यो तथ्याङ्कले नै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १० हजार भन्दा कम सवारी साधनले ट्राफिक नियम उल्लंंघन गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ट्राफिक नियम उल्लंंघन गर्ने ३३ हजार ९१३ वटा सवारीसाधनलाई कारबाही गरिएको हो ।
ती सवारी साधनहरुलाई कारबाही गरेर दुई करोड ६५ लाख ७६ हजार ५०० रूपियाँ जरिवाना असु्ल गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले जिल्लामा आर्थिक वर्ष २०७९–८० मा ट्राफिक प्रहरीले ४३ हजार ८४० वटा सवारी साधनलाई कारबाही गरेको बताए ।
उक्त कारबाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक प्रहरीले बाँकेमा ३९ हजार ८४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाही गरेको थियो । सो आर्थिक वर्षमा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५०० रूपियाँ जरिवाना असुल गरेको थियो ।
Discussion about this post