बाँके कार्तिक २२ गते ।
आज नेपालगन्जमा सामाजिक सद्भाव र बिकासका लागि लागु औषध विषयक अन्तरसम्बाद कार्यक्रम गरिएको छ ।
सो कार्यक्रमलाई समुदाय प्रहरी वडा समिती जिल्ला बाँके (नेपालगन्ज उप महानगरपालिका वडा न २) सहाभागिता जनाउदै समाजमा भइ रहेका लागू पदर्थका नकारात्मक गतिविधिहरुको विवरण जनाएको छ ।
लागु औषधको कारवाहिका अवस्थामा १० जना महिला र २३९ जना पुरुषहरु कारवाहिका अवस्थमा पुगेका छन ।
बाँके जिल्लामा पालिकागत १९४ जनालाई लागू औषधमा प्रहरीले नियन्त्रणमा लिएको भनेर कार्यक्रममा प्रस्तुति कर्ता प्र. नि. वीर बहादुर थापाले बताउनु भएको छ । वहाले नेपाल मात्र नभइ अन्तर्राष्ट्रियमा पनि लागु औसधले ठुलो चुनौती दिएको छ ।
वहाँले नेपाल भित्र पनि कतिपय ठाँउहरुमा खेती भएको हुनले पनि एउटा चेतावनी दिएको हो बताउनु भयो ।
कार्यक्रमलाई बासका महा सचिव शिव कुमार वर्माले आउन लागेको मुस्लिम धर्मको मोहम्मद डेको सुभकामना दिदै समाजिक सद्भाव कायम गरिदिन आग्रह मन्तव्य राखेका हुन ।
Discussion about this post