बाँके कार्तिक २२ गते ।
भारतले नेपाली भु-भाग मिचेर सार्वजनिक गरेको नयाँ नक्साको बिरुद्धमा युवा संघ बाँकेको आयोजना तथा अनेरास्ववियु र अखिल क्रान्तिकारी समेतको सहभागीतामा नेपालगन्जमा बिरोध र्याली निकालेको छ ।
नेपालगन्जको बिपि चोकबाट सुरु भएको बिरोध र्याली धम्बोझी चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
गो ब्याक इन्डिया , भारतिय बिस्तारवाद मुर्दाबाद , हाम्रो जमिन फिर्ता गर जस्ता भारत बिरोधि नारा र प्लेकार्ड सहित हजारौंको संख्यामा उपस्थिति रहेको बिरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले लिपुलेक विशुद्ध हाम्रो हुदा हुँदै पनि भारतले आफ्नो निजि स्वार्थको निम्ति आफ्नो नयाँ नक्सामा हाम्रो भुभाग समाबेश गरेको बताएका छन् ।
भारतले जुन ढंगले नेपालको २३ वटा जिम्मामा सिमा मिचेको छ र आज पनि हामी बाकेबासिहरु डुबानको मार खेपिरहनु परेको छ त्यसको कारण पनि भारत नै हो त्यसैले हामी हाम्रो सिमा बचाउनको निम्ति सिमानामा गएर डट्ने मात्रै होइन हाम्रो सिमा रक्षाको लागि मर्न पनि तयार छौं’ , अध्यक्ष किशोर थापाले बताए ।
अध्यक्ष थापाले त्यसको बिरुद्धमा बाँकेका युवाहरु मात्रै नभएर सिङ्गो देशका युवाहरुले बिरोध गरिरहेका छन् । हामी भारतलाई चेतावनी दिन चाहन्छौं , एउटा छिमेकीले अर्को छिमेकीलाई यो किसिमको ब्यवहार नगर्न र अन्य छिमेकी राष्ट्रबाट भारतले सिक्नु पर्ने बताउनुभएको छ ।
साथै अध्यक्ष थापाले राष्ट्रियताको सवालमा एकजुट भएर बिरोध कार्यक्रममा उपस्थित जनाउने सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा रतन योगिले राष्ट्रियताको लागि गोलि खान पनि तयार रहेको तर नेपालको भुभाग भारत बाट अजाद गराउने बताएका छन् , उनले अगाडी भनेका छन् ,’ हाम्रो स्वाभिमान , अखण्डता माथिको भारतीय बिस्तारबादले गरेको ठाडो हस्तक्षेप गर्दै लिपुलेक र कालापानी आफ्नो राजनैतिक नक्सामा समाबेश गरेको छ त्यो भारतले कुटनैतिक ढंगले समाधान नगरे हामी गोलि खान पनि तयार छौ तर हामी हाम्रो भुभाग लाई छोड्ने छैनौं भनेका छन्’ ।
त्यस्तै अखिल क्रान्तिकारीका तुल्सीमणि केसिले बिरोध सभालाई सम्बोधन गर्दै जसरी भारतले आफ्नो नयाँ नक्सामा हाम्रो भुभाग लाई स्वार्थपुर्ण ढंगले समाबेश गरेको छ त्यो तुरुन्तै सच्याउनु पर्ने र नभए देशका युवा तथा सम्पुर्ण नागरिकले यसको प्रतिबाद गर्नुपर्ने बताएका छन् ।
बिरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष मोहित शाहले इतिहासमा कहिले पनि गुलाम नबनेको हाम्रो देशमा भारतले जुन किसिमको गिद्दे दृस्टी लगाएको छ त्यसको लागि हामीले खबरदारी गर्दै हाम्रो स्वधिनताको निम्ति सदैव लड्न र मर्न तयार हुनुपर्ने जिकिर समेत गरेका छन् ।
बिरोध कार्यक्रममा सुरेन्द्र शाहले समेत आफ्नो मन्तव्य राख्दै परेको खण्डमा हामी अगामि दिनमा अझ ठुला आन्दोलनको तयार रहन समेत आव्हान गरेका थिए ।
Discussion about this post