बाँके साउन २५ गते ।
बाँकेको जयेन्दु बालसुधार गृहमा रहेका बालबन्दीहरुलाई बिहिवार शैक्षिक सामग्री वितरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा शैक्षिक सामाग्री वितरण कार्यक्रम समपन्न गरिएको हो ।
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृह आस्मानपुरमा रहेका बालबन्दीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले शैक्षिक सामाग्री तथा बिभिन्न प्रकाशनका ज्ञानबर्धक पुस्तकहरु विवतरण गरेका थिए ।
Discussion about this post