
बाँके कात्तिक २२ गते । साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गर्नु पर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नं.२१ का वडा अध्यक्ष रन्जित खाँले बताउनुभयो । उहाँले नेपालको कानुन अनुसार आफुले आफनो वडामा बाल विवाह गर्न नदिने प्रतिद्धता समेत गर्नुभयो । प्लान इन्टरनेशल नेपालको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.२१ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबकाका पदाधिकारीका लागि साईबर कानुन र प्रविधिको सुरक्षित प्रयोग सम्बन्धि तालिममा सो कुरा बताएका हुन् ।
सो तालिममा नेपालगन्ज उपमहानगरपालिका वडा नं.२१ का उज्जवल किशोरी क्लबका २ दर्जन बढी किशोरीको सहभागिता रहेको छ । सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने उपाय बारे पनि प्रशिक्षण दिएका थिए । साथै ईन्टरनेट कसरी सन्चालन गर्ने र ईमेलको फाइदा बारे जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका अर्मिला रोकायले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिइन् । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको बारेमा अभिमुखिकरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का सहभागी किशोरी पुजा विकले आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसैगरि अर्का सहभागी नगमा बाने मनिहारले सामाजिक सन्जाका फाईदा र बेफाईदा बारे जानकारी भएका बताईन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना अधिकृत विनिता राना श्रेष्ठले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई बाल विवाह उन्मुलन वडा बनाउन रणनिति बनिरहेको र स्थानीय सरकारले पनि उतिकै महत्वपूर्णमा सहयोग गरेको बताउनुभयो ।
Discussion about this post