बर्दिया साउन ३२ गते ।
बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालार्ई ललाई फकाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Discussion about this post