बाँके भदौ ४ गते ।
नेपालगन्जका नेवार समुदायले धुमधामका साथ गाईजात्रा पर्व मनाएका छन् । गाईजात्रा नेवार समुदायको महत्वपूर्ण पर्व मानिन्छ । नेपालगन्जका नेवार समुदायले आफ्ना दिवंगत भएका परिवारका सदस्य तथा आफन्तको सम्झनामा मंगलबार बिहान गाईजात्रा निकालेका हुन् ।
नेवाः पुचः बाँकेको आयोजनामा नेपालगन्जको सुर्खेतरोडबाट गाईजात्रा निकालिएको थियो । गाईजात्राले नेपालगन्ज उपमहानगरको विभिन्न भागको परिक्रमा गरेको थियो । त्यसपछि बागेश्वरी मन्दिरको पार्कमा पुगेर जात्रा समापन गरियो । नेपालगन्जमा मंगलबार बिहानैदेखी परेको अविरल वर्षाका बाबजुद पनि नेवार समुदायले गाईजात्रा निकालेका थिए । वर्षामा भिज्दै गाईजात्रामा उनीहरु सक्रिय सभागी भए ।
सो क्रममा बाजासहित मानिसलाई विभिन्न आकृतिमा सजाएर जात्रा प्रर्दशन गरिएको थियो । नेवाः पुचः बाँकेका अनुसार यसवर्ष नेवार समुदायका १० जना परिवारले आफ्ना सदस्य तथा आफन्तको सम्झनामा संयुक्त रुपमा गाईजात्रा निकालेका छन् ।
Discussion about this post