कैलाली भदौ ५ गते ।
आफ्नै विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ बस्ने २२ वर्षीय विष्णु तिमिल्सेना रहेको प्रहरीले जनाएको छ ।
तिमिल्सेनामाथि गत साउन ३० गते उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित आफ्नो बहिनीको कोठामा आफू पढाउने विद्यालयको १७ वर्षीया किशोरीलाई यौन दुरुपयोग गरेको आरोप छ । यस विषयमा उजुरी गरेपछि भदौ २ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post