काठमाडौं भदौ १५ गते ।
प्रहरी निरीक्षक हुँ भनेर सुनको सिक्री र नगद लुटेको आरोपमा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर घर भएका सुमन तामाङ भन्ने मिङमार तामाङ छन् ।
२५ वर्षीय तामाङ काठमाडौँ–८ कालोपुलमा बस्छन् । आरोपीले साउन २२ मा काभ्रे घर भएका लाल तामाङलाई प्रहरी वृत्त स्वयम्भुको निरीक्षक हुँ भनेर सुनको १ तोलाको सिक्री र ६७ हजार नगद लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए ।
लुटपाट गरेको सिक्री खरिद गर्ने सुन पसल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्ग घर भएर गोंगबुमा टोखामा सुन पसल चलाउने ६३ वर्षीय बल बहादुर सुनार छन् । उनीहरूलाई थप अनुसन्धान गर्न अनुसन्धान कार्यालयले परिसर काठमाडौँमा पठाएको छ ।
सुमनले प्रयोग गरेको मोटरसाइकल पनि चोरीका भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सुमनविरुद्ध चोरी र लुटपाट कसुरमा थप ८ जनाले प्रहरीमा निवेदन दिएका छन् ।
Discussion about this post