बाँके भदौ २७ गते ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आज नेपालगन्ज आउने भएका छन् । पार्टी विभाजनपछि उनी पहिलो पटक नेपालगन्ज आउन लागेका हुन् ।
जनता समाजवादी पार्टी, नेपाल लुम्विनी प्रदेशले आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्न उनी नेपालगन्ज आउन लागेको सो पार्टीले जनाएको छ ।
विहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम राखिएको केन्द्रीय सचिव कमरुद्दिन राईले जानकारी दिए ।
Discussion about this post