काठमाडौं भदौ २८ गते ।
महाकाली नदी जलसतह सर्तकता तहनजिक पुगेको छ । महाकाली नदी, डडेल्धुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा जलसतह सर्तकता तह ९६.८ मि.० नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीको बहाव बढ्दो रहेकोले डडेल्धुरा र कञ्चनपुरको नदी तटीय क्षेत्रमा रहनेले दिउँसो २ बजेसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
Discussion about this post