बाँके भदौ ३० गते ।
राप्रपाका नेता इसरत मुकेरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । २०५० सालदेखि राप्रपाको जिल्ला सदस्यको भूमिकामा रहँदै आएका उनी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नेपालगन्ज आएका बेला राप्रपा त्याग्दै जसपा नेपाल प्रवेश गरेका हुन् ।
उनले पार्टीको निर्देशन अनुसार काम गर्ने बताए । ‘अव म जसपा नेपालको सिपाही बनेको छु उनले भने–‘केन्द्रीय अध्यक्ष र पार्टीको विधि विधान अनुसार काम गर्छु ।’ त्यसैगरी त्रिभुवन चोकका युवा दुर्गेश गुप्ता पनि जसपा नेपाल विस्तारको अभियानमा लाग्ने बताउँछन् । पार्टी अध्यक्ष यादवलाई भेटेपछि उनले पनि बाँकेमा संगठन विस्तारका लागि आफुले भूमिका खेल्ने बताए ।
जसपा नेपालकी केन्द्रीय सदस्य बेबी तबस्सुम अन्सारले उनीहरुलाई पार्टी प्रवेश गराउन प्रभावकारी भूमिका खेलेकी हुन् । उनकै नेतृत्वमा उनीहरुलाई पार्टी प्रवेश गराइएको हो ।
Discussion about this post