बाँके कार्तिक २३ गते । आज उपसभामुख शिवमाया तुम्बाहाम्फेले सिक्टा सिचाई अायाेजनाकाे स्थलगत अनुगमन गर्नुभएकाे छ ।संविधान र संघियता विषयक कार्यक्रममा हुम्ला पुग्नु भएकी उपसभामुख नेपालगन्ज फर्केपछि सिक्टा नहरकाे ढकेरी देखि कार्यालय अगैया सम्मकाे भागकाे स्थलगत अनुगमन गरेकी हुन्।उपसभामुख तुम्बाहाम्फे लाई बाके निर्वाचन क्षेत्र नं १ का सँघिय सांसद महेश्वर गहतराज अथकले सिक्टा नहर संचालन र सिक्टा बाट बाँकेका जनता लाई कसरी लाभ दिन सकिन्छ भन्ने बारे जानकारी दिएका थिए ।स्थलगत अनुगमनमा उपसभामुखका साथमा संविधानविद टिकाराम भट्टराइ ,उपसचिव जिवराज पाेखरेल लगायतकाे सहभागिता थियाे ।सिक्टा सिचाई अायाेजना प्रमुख कृष्ण नेपालले अाफ्नै कार्यालयमा प्राेजेक्टर मार्फत सिक्टा बारे उपसभामुख लाई जानकारी गराएका थीए । राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइ सम्पन्न भए पश्चात अगैया देखि पुर्बि नहरले ९ हजार हेक्टर जमिनमा सिचाइ सुबिधा हुनेछ भने पश्चिमी नहर बाट ३३ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइ हुने सिक्टा सिँचाइ आयोजनाका प्रमुख कृष्ण नेपालले जानकारी गराए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post