बाँके , २३ कात्तिक । समाजवादी पार्टी बाँकेले मुस्लिम धर्मावलम्बीहरुको चाडमा बिदा दिन को लागी अपिल गरेको छ । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सरकारसंग भएको २२ बुंदे सहमतिमा महोम्मद डे को दिन सार्वजानिक बिदा दिने र बर्तमान गृहमन्त्री राम बहादुर थापा बादल, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई स्वर्गिय पर्यटन मन्त्री रबिन्द्र अधिकारीको ३ सदस्सीय सहमतिले थप दुई वटा पर्वमा ईदुल फित्र , बकर ईद र मोहम्मद डे मा बिदा दिने भनिएता पनि बकर ईदमा मात्र बिदा दिएकोमा अरु दुई पर्वमा दिने भनिएको सार्वजनिक बिदा को सहमति लाई कार्यन्वयन ल्याउन अनुरोध गरीएको छ, र सरकार संग एक बिज्ञप्ती जारी गर्दै तत्काल ति पर्वहरुमा पनि बिदा दिन को लागी जोड दार रुपमा माग समेत गरेको गरीएको छ ।
सोही बिज्ञप्तीमार्फ समाजबादी पार्टी बाँके ले आइतवार मनाइने मोहम्मद डे १४४१ हिजरी को पुनित अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना समेत दिएको छ ।
Discussion about this post