बाँके असोज १४ गते ।
नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानीबाग नजिकैबाट प्रहरीले भन्सार छलिको अवैध सामान बरामद गरेको छ । भन्सार चोरी पैठारी गरि ल्याइएको एक हजार २८ थान मोवाइल डिसप्ले बरामद गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
यो सामान मोवाइल फोनमा प्रयोग हुने प्रहरीले जनाएको छ । उक्त सामानको मुल्य एघार लाख अठासी हजार मुल्य बराबरको रहेको पनि वडा प्रहरी कार्यालयको भनाइ छ । बरामद गरिएको मोवाइल डिसप्ले थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।
Discussion about this post