बाँके असोज १६ गते ।
नेपालगन्ज वडा प्रहरी कार्यालयले नेपालगन्जका विभिन्न स्थानबाट पटका बरामद गरेको छ । दशैं तिहार नजिकिएसँगै पटकाको कारोवार हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।
प्रहरीले करिव दुई लाख मुल्य बराबरको पटका बरामद गरी आज नष्ट गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमले बताए ।
नेपालगन्ज उपमहानगरपालिका ५ का वडा अध्यक्ष सराफत हुसेन शेष, स्थानीय बुद्धिजीवि लगायतको उपस्थितिमा बरामद गरिएको पटका नष्ट गरिएको उनले जानकारी दिए ।
Discussion about this post