बाँके असोज २६ गते ।
दसैंलाई लक्षित गरि नेपालगञ्जमा आज ड्रोन क्यामेरा मार्फत सुरक्षा अवस्था अनुगमन गरिएको छ ।
नेपािलगञ्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको संख्या, बस्तुस्थिती र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोन मार्फत अनुगमन गरिएको हो ।
बिजया दशमी पछि मूर्ति बिसर्जन गर्दा सुरक्षा ब्यवस्था सहज बनाउनका लागि आज शनिबार ड्रोन क्यामेरा उडाएर परिक्षण तथा अवलोकन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
मूर्ति स्थापना गरिएका सबै स्थानमा प्रहरी पुग्न नसकेको अवस्थामा ड्रोन क्यामेरा मार्फत पनि त्यहाँको बस्तुस्थिती बुझ्न सहज हुने भएकाले आज ड्रोन परिक्षण गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए ।
उनले नगरको सुरक्षा व्यवस्था निकै सुदृढ रहेको बताउँदै शान्ति र सद्भाव कायम गर्न सबैसँग अनुरोध गरिएको बताए । वडा प्रहरी कार्यालय, नेपालगञ्जमा बसेर प्रहरीले ड्रोन परिचालन गरेको छ।
Discussion about this post